तीन दिन सम्म चलेको टेनिसको एउटा खेल आजकै दिन सक्किएको थियो

एजेन्सी । जुन २४ अर्थात आजको दिन टेनिस खेलका लागि विशेष स्मरणिय दिन हो ।

१० वर्ष पहिले आजकै दिन ब्यवसायीक टेनिस प्रतियोगिताको सबैभन्दा लामो खेल सक्किएको थियो । यो खेल टेनिसको सबैभन्दा पुरानो र ठूलो प्रतियोगिता विम्बल्डन प्रतियोगितामा खेलिएको थियो ।

यो खेल अमेरिकाका जोन ईस्नर र फ्रान्सका निकोलस महूतबिच भएको थियो ।

पहिलो चरणको यो प्रतिस्पर्धालाई म्याराथन टेनिस नामले पनि चिनिन्छ किनकी ईस्नर र महूतबिचको यो खेल तीन दिनसम्म चलेको थियो । खेलको शुरुवात भने जुन २२ मा साँझ सवा ६ बजे शुरु भएको थियो । तर चौथो सेटपछि लाईट नपुगेर खmे रोक्किन पुगेको थियो ।

मौसमका कारण लाईट नपुगेपछि उक्र खेललाई भोलिपल्टलाई सारिएको थियो ।

भोलिपल्ट अर्थात जुन २३ मा दिउँसो २ बजेर ५ मिनटमा पुन खेल शुरु गरियो र सो दिन राति ९ बजेर ९ मिनटसम खेल चल्दासमेत नतिजा नआएपछि सो दिन पनि खेल पुनः रोकेर जुन २४ मा खेलाउने निर्णय गरिएको थियो ।

अघिल्लो दिन अर्थात जुन २४ मा फेरी खेल शुरु गरियो । तेश्रो दिन दिउँसो ३ बजेर ४० मिनटमा शुरु गरिएको उक्त खेल ४ बजेर ४७ मिनटमा सक्किएको थियो । यस खेलको अन्तिम सेट ८ घण्टा ११ मिनट लामो समय खेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :