भुटान फुटबल संघले थाल्यो प्रशिक्षण -फोटो फिचर

काठमाण्डौ ।भुटानको राष्ट्रिय फुटबल टोलीको नियमति प्रशिक्षण आजबाट शुरु भएको छ ।

भुटान फुटबल संघ (बीएफएफ)ले कोरोनाको महामारी नियन्त्रणमा आएको जनाउँदै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो । गत मार्चको मध्येबाट भुटानमा सम्पूर्ण फुटबलका गतिविधिहरु ठप्प भएका थिए ।

दक्षिण एशियाली क्षेत्रमा कोरोना पश्चात फुटबल प्रशिक्षण थालनी गर्ने भुटान पहिलो राष्ट्र हो ।

गत मङ्गिसरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलक्ुद प्रतियोगितामा भुटान नेपालसँग २–१ ले पराजित भएको थियो । भुटान दक्षिण एशियाली फुटबल राष्ट्रको वरियतामा पाँचौ स्थानमा छ ।

यो क्षेत्रमा भारत पहिलो,माल्दिभ्स् दोश्रो, नेपाल तेश्रो स्थानमा छ । यस्तै बंगलादेश चौथो,भुटान पाँचौ,पाकिस्तान छैठौ र श्रीलंका सातौ स्थानमा छ ।

कोरोनाका कारण भुटानमा संक्रमितको संख्या जम्मा ७० छ भने कुनै पनि ज्यान गएको छैन ।

(भुटान फुटबल संघसँग लोगों राख्ने सहितको स्वीकृति लिएर राखिएको तस्बीर)