भारतीय कराँते महासंघ निलम्बित

एजेन्सी । विश्व कराँते महासंघ (डब्लुकेएफ) ले भारतीय कराँते महासंघ (केएआई) माथि अस्थायी नलिम्बन लगाएको छ ।

विश्व कराँते महासंघ डब्लुकेएफले भारतीय कराँतेमहासंघले गत वर्ष गरेको चुनाव नियम विपरित रहेको भन्दै अस्थाई रुपमा निलम्बन लगाउने निर्णय गरेको गत वर्ष नियम विपरित चुनाव गरेको आरोपमा अस्थायी रूपमा निलम्बन गरेको हो । साथै डब्लुकेएफले केएआइलाई २१ दिनभित्र डब्लुकेएफको कानुनी समिति समक्ष अपील गर्ने मौका दिएको छ ।

डब्लुकेएफले केएआईका अध्यक्ष हरिप्रसाद पटनायकलाई पत्र पठाउदै भनेको छ,‘गत वर्ष जनवरीमा आयोजित केएआइ चुनावमा नियमहरू पालना गरिएको थिएन । साथै भारतीय कराँते महासंघमा चरम गुटबन्दी पनि छ ।’

मान्यता रद्द भएपछि, भारतीय कराँते खेलाडीहरू अब अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतको झण्डा सहित खेल्न पाउने छैनन् । भारतीय खेलाडीहरू अब डब्लुकेएफको टीमको रूपमा डब्लुकेएफकै झण्डा सहित खेल्ने छन् ।

भारतीय ओलम्पिक संघ (आईओसी) ले जनवरी मा आयोजित केएआइ चुनाव नस्वीकार्ने बताईसकेको छ ।