जोकोविकका प्रशिक्षकलाई पनि कोरोना

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविकका प्रशिक्षक गोरान ईभानिसेविकलाई कोरोना भाईरस पोजिटिभ देखिएको छ ।

विम्बलडनका पूर्व च्याम्पियन समेत रहेका गोरान जोकोविकले एक साताअघि संचलन गरेको मैत्री प्रतियोगिता आड्रिया टुरका निर्देशकको रुपमा कार्यरत थिए ।

४८ वर्षिय गोरानले आफूलाई कोरोना पोजिटिभ पाईएपछि सम्पर्कमा आएका सबैसँग माफि माग्दै कोरोनाको परिक्षण गर्न आग्रह गरेका छन् ।

क्रोएशियाका गोरानले आफूलाई अहिले कुनै लक्ष्ण नदेखिएको र आराम रहेको बताए । गोरान अहिले आईसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :