चलचित्रमा अभिनयको प्रयास गरेका ६ चर्चित क्रिकेट खेलाडी

विभिन्न मानिसहरुका विभिन्न ईच्छा र आकांक्षाहरु हुन्छन् । यस्तै केही क्रिकेटरहरू छन् जसले क्रिकेट बाट ठुलो नाम त कमाए साथै आफ्नो सोख र ईच्छा पुरा गर्न चलचित्रमा समेत अभिनय गरे । कुनै क्रिकेटरले सोख पुरा गर्न चलचित्रमा सानोतिनो भुमिकामा देखापर्नु समान्य कुरा हो । तर केही क्रिकेटरले भने पुरै चलचित्रमा मुख्य पात्रको भुमिका निर्वाह गरेका छन् ।


ब्रेट ली, अनईण्डियन
अष्ट्रेलियाका पुर्व क्रिकेटर ब्रेट ली को मनोरन्जन उद्योग प्रती सँधै आकर्षण थियो । उनी आफ्नो करियरको शुरुवाती वर्षहरुमा शुरुका वर्षहरूमा अष्ट्रेलियाली साँगीतीक ब्याण्ड सिक्स एण्ड आउटको लागि गितार बजाउँने गर्दथे । ब्रेट ली पहिलो पटक २००६ मा आशा भोस्लेको म्यूजिक भिडियोमा देखा परेका थिए । ब्रेट लीले आफ्नो क्रिकेट करियरबाट सन्यास लिएपछि २०१५ मा अनईण्डियन नामक फिचर चलचित्रमा देखा परे । यो चलचित्र अष्ट्रेलियाको एक उत्कृष्ट रोमान्टिक हास्य चलचित्र हो । जसले भारतीय मूलकी जवान अस्ट्रेलियाली आमा मीराको कथाको वरपर केन्दि«त रहेको छ । यस चलचित्रमा मीरालाई उनका बाबुआमाले सम्बन्ध विच्छेद पछि अर्का भारतीय मुलको अस्ट्रेलियाली ब्याक्ति भेटेर सेटल हुन दबाब दिन्छन् । तर मीरा यसको सट्टा ब्रेट लीले अभिनय गरेको पात्र विललाई डेटिङ्ग गर्छिन् । विल एक एक्सेन्ट ट्रेनर हुन्छन् जसले आप्रवासीहरूलाई अष्ट्रेलियाली अंग्रेजी सिकाउछन् । विललाई रोमान्टिक ब्यक्तिको रुपमा चलचित्रमा चित्रण गरिएको छ । विल अर्थात ब्रेटको चरित्रले चलचित्रमा मिमिक्रि समेत गर्ने गर्दछ । यसबाहेक ब्रेटको चरित्रले बलिउडको गित गाउनेसँगै नृत्य पनि गर्ने गर्दछ ।

मोहसिन खान, साथी
पाकिस्तानका पूर्व क्रिकेटर मोहसिन खानले १५ बर्षको करियरमा पाकिस्तानका लागि ४८ टेस्ट खेलेका छन् । उनी २०१० मा पाकिस्तान क्रिकेट टिमको मुख्य छनोटकर्ता नियुक्त भएका थिए । साथै उनले केही समयको लागि पाकिस्तानको अन्तरिम प्रमुख प्रशिक्षकको रूपमा पनि काम गरेका थिए । यसै बीच,खानले १९८३ मा भारतीय अभिनेत्री रीना रायसँग विवाह गरे । विवाह पश्चात उनले हिन्दी चलचित्रमा अभिनेताको रुपमा समेत काम गरेका छन् । उनले आफ्नो अभिनय कलाको सबैभन्दा उत्कृष्ट प्रदर्शन महेश भट्टले १९९१ निर्माण गरेको चलचित्र साथी मा गरेका थिए । खानले पछी गएर फिल्म क्षेत्रका दिग्गज अनुपम खेर र परेश रावलसँग समेत चलचित्र खेलेका थिए । पनि अभिनय गरेका थिए । साथी, एक अपराध नाटकमा आधारीत चलचित्र हो जस्ले बक्स अफिसमा १ दशमलव ३ मिलियन डलर कमाई समेत गरेको थियो । उक्त समयमा यो रकम निकै ठूलो कमाई गर्नेमा परेको थियो ।

अजय जडेजा, खेल
म्याच फिक्सिङको आरोपमा ५ बर्षे प्रतिबन्ध लागेको समयमा भारतीय पूर्व क्रिकेटरले हिन्दी चलचित्रमा आफ्नो भाग्यको प्रयास गरेका थिए । जडेजाले सन् २००३ मासुनिल शेट्टी र सनी देओल अभिनित चलचित्र खेलमा स्क्रिन शेयर गरेका थिए । सो चलचित्रमा जडेजाले रोहनको भुमिका निभाएका छन् । उक्त चलचित्रमा रोहनलाई हत्याको आरोपमा दोषी ठहराईएको छ । अजय जडेजाको यस चलचित्रले दर्शकको मन भने जित्न सकेन ।

विनोद काम्बली, अन्नर्थ
कुशल क्रिकेटरको रुपमा परिचित पूर्व भारतीय क्रिकेटर बिनोद काम्बलीको अन्तराष्ट्रिय करियर त्यति सुखद रहेन । उनले क्रिकेट करियर पश्चात चलचित्र अभिनेता बन्ने प्रयास समेत गरे । काम्बलीले अभिनेताको रूपमा हिन्दी क्राईमसँग सम्बन्धित कथा रहेको चलचित्र अन्नर्थमा काम गरे । उक्त चलचित्रमा सञ्जय दत्त र सुनील शेट्टीले पनि अभिनय गरेका थिए । काम्बलीले अन्नर्थमा आपराधिक गिरोहका एक सदस्य बन्ड्या नामक चरित्रको भुमिका निर्वाह गरेका थिए । तर क्रिकेटर काम्बलीको यो प्रयास सफल हुन सकेन ।

सन्दीप पाटिल र सैयद किरमानी, कभी अजनबी थे
१९८३ विश्वकप पछि, भारतमा क्रिकेटको लोकप्रियता बढ्यो । क्रिकेटको लोकप्रियता संगै निर्देशक विजय सिंहले १९८५ मा विजेता टीमका दुई सदस्य सन्दीप पाटिल र सैयद किरमानी लाई कभी अजनबी थे मा अभिनेता बनाएर खेलाएका थिए । पाटिल एक प्रख्यात उद्योगपतिकी छोरीलाई प्रेम गर्ने क्रिकेटरको मुख्य भूमिकामा रहेका थिए भने किरमानीे एउटा अपराधी गिरोहका डनको रुपमा चित्रित गरिएको थियो । उक्त चलचित्रमा १० बर्षे सचिन तेन्दुलकरले समेत सानो भुमिका निभाएका छन् । उक्त चलचित्रमा तेन्दुलकरले क्रिकेट अभ्यास गरिरहेको दृश्य देखाईएको छ ।