सेभिया र भालाडोलीडले खेले बराबरी

एजेन्सी । पाहुना रियाल भालाडोलीडसँग बराबरी खेलेको सेभियाले पुनः स्पेनिस लालिगाको तेश्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

घरेलु मैदान जोस जोरिल्लामा शुक्रबार राति भएको खेलमा सेभियाले लगातार चौथो बराबरी खेल्दै अंकतालिकामा स्थान सुधार गर्ने मौका खेर फालेको छ । उसले रियाल भालाडोलीडसँग १–१ गोलको बराबरी मा चित्त बुझाएको छ ।

जितको खोजिमा रहेको सेभियाबिरुद्धको खेलमा भालाडोलीडले खेलको २५औं मिनटमा कीको ओलिभाजको गोलबाट अग्रता कायम गर्याे ।

सेभियालाई कडा चुनौति प्रस्तुत गरेको भालाडालीडले ८२औं मिनटसम्म खेल आफ्नो पक्षमा राखेको थियो । तर ८३औं मिनटमा आफ्नै गलतीमा सेभियालाई पेनल्टीको मौका दिन पुग्यो । उक्त अवसरलाई सदुपयोग गर्दै लुकास ओकाम्पोसले गोलमा परिणत गर्दै सेभियालाई सम्भावित हारबाट जोगाए ।

बराबरी खेलेको चौथो स्थानको सेभियाको ३२ खेलमा ५४ अंक भएको छ भने समान खेलबाट १४औं स्थानको भालाडोलीडको ३५ अंक छ । ३१ खेलमा ६८ अंकको साथ रियाल मड्रिड लिगको शिर्ष स्थानमा छ भने समान खेलमा समान अंक भएको बार्सिलोना गोल भिन्नताको आधारमा दोश्रो स्थानमा छ । यस्तै ३१ खेलमा ५५ जोडेको एट्लेटिको मड्रिड तेश्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :