वायर्न म्युनिखको २९औं बुन्डेसलिगा उपाधिको खुशीयाली–फोटो फिचर

बुन्डेसलिगा विजेता वायर्न म्युनिखले अन्तिम खेलमा वुल्फ्स्बर्गलाई ४–० ले हराउँदै सिजनको शानदार अन्त्य गरेको छ ।

वुल्फ्सबर्गको घरेलु मैदानमा भएको खेलमा लिग विजेता वायर्न म्युनिखले ४–० को फराकिलो अन्तरले हराएको हो । उसको जितमा किङ्गस्ले कोम्यान,माईकल कुसेन्स्, रोबर्ट लेवान्डोस्कि र थोमस म्युलरले एक एक गोलको योगदान दिए ।

जितसँगै वायर्नले बुन्डेसलिगाको २९औं उपाधि ट्रफि उचालेको छ । यो वायर्नको लगातार ८औं बुन्डेसलिगा उपाधि समेत हो ।