इङ्गल्याण्ड भ्रमणमा निस्कियो पाकिस्तान

एजेन्सी । पाकिस्तानी क्रिकेट टिम इंग्ल्यान्ड भ्रमणमा निस्किएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार आइतबार बिहान टिम इङ्गल्याण्ड प्रस्थान गरेको हो ।

पाकिस्तानले इङ्गल्याण्डमा तीन टेस्ट र तीन टि–२० सिरिज खेल्नेछ । २० सदसिय पाकिस्तानी टिम इङ्गल्याण्ड गएको विदेशी समाचार माद्यममा खबर छ ।

२९ खेलाडीलाई भ्रमणमा लाने तयारीमा रहेको पाकिस्तानले खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि २० सदसिय टोली इङ्गल्याण्ड पठाएको हो । टिममा छनोट भएका खेलाडीहरुमा कोरोनाको संक्रमण देखिएपछि २० खेलाडीलाई सुरक्षितरुपमा इङ्गल्याण्ड पठाएको पाकिस्तान क्रिकेटबोर्डले उल्लेख गरेको छ ।

पहिले बैकल्पीक खेलाडीको रुपमा छनोट गरिएका तर सुरुवाती टिमसँग सम्पर्कमा नआएका केही खेलाडीहरुलाई पनि इङ्गल्याण्ड पठाईएको हो । अजहर अलीको कप्तानीमा आबिद अली, इमाम उल हक, शान मसूद, असद, बाबर आजम, फवाद, इफ्तिकार अहमद, खुशदिल शाह, सरफराज अहमद, फहीम अशरफ, मोहम्मद अब्बास, नसीम शाह, शाहीन अफरीदी, सोहेल खान, उस्मान शिनवारी, इमाद वसीम, यासिर शाह, मूसा खान र रोहेल नजीर इङ्गल्याण्ड गएका छन् ।

पाकिस्तानी टिमले इङ्गल्याण्डमा १४ दिनको क्वारेनटाईनमा समय बिताउनेछ । त्यसपछि केही दिनको अभ्यासपछि खेल सुरुहुनेछ । टिमको कप्तानी अजहर अलीले गर्नेछन् । पहिलो टेस्ट सिरिज जुलाई ३० मा सुरु हुनेछ ।