‘रंगभेद र म्याचफिक्सिङको कानुन समान बनाउँ’

एजेन्सी । वेष्टइन्डिज क्रिकेट टिमका कप्तान जेसोन होल्डरले रंगभेद म्याचफिक्सिङ भन्दा घातक भएको बताएका छन् । रंगभेद र जातीय विभेद म्याच फिक्सिङ र डोपिङ भन्दा निकै घातक भएको भन्दै उनले यसविरुद्धको कारबाहीलाई कडा बनाउनु पर्ने बताए ।

क्रिकेट तथा अन्य जुनसुकै खेलकुदको क्रममा हुने रंगभेद तथा जातीय विभेदविरुद्ध कडा कानुनी उपचार खोजिनुपर्ने होल्डरको धारणा छ । विभेद गर्नेलाई म्याच फिक्सिङको भन्दा कडा कानुनी कारवाही गर्न सक्नुपर्ने उनको विचार छ ।

‘रंगभेद फिक्सिङ र डोपिङ भन्दा कम छैन’, होल्डरले भने, ‘यो ठुलो अपराध हो, त्यसैले रंगभेद गर्ने तथा जातीय विभेदमा रमाउनेलाई सख्त कारबाही गर्नुपर्छ ।’

अमेरिकामा जर्ज फ्लोयडको प्रहरी ज्यादतीमा ज्यान गएपछि रंगभेदविरुद्धमा बोल्ने तथा कडा कारबाहीको माग राख्ने होल्डर वेष्टइण्डिजका चौथो क्रिकेटर हुन् । यसअघि ब्राभो, डारेन सामी, क्रिस गेल लगायतले रंगभेदको विरोध गरेका थिए ।

‘क्रिकेट खेलको क्रममा रंगभेदको सिकार हुनुपर्यो भने त्यो कसैलाई सैह्य हुनेछैन,’ गत बर्ष पाकिस्तान क्रिकेट टिमका तत्कालिन कप्तान सरफराज अहमदले दक्षिण अफ्रिकी अलराउण्डर एन्डिललाई जिस्काएको प्रसंग निकाल्दै होल्डरले भने सबैलाई रेसिजमबारे जानकारी हुन जरुरी छ ।’

‘आईसीसी अहिलेनै कारबाहीको दायरा अझै बढाउनुपर्छ । रेसिजम रोक्न कडा नियम बनाउनुपर्ने समय आईसक्यो । सरफराजले एन्डिललाई जिस्क्याउँदा ४ खेलको प्रतिवन्ध भोगेका थिए ।’ होल्डरले भने ।

होल्डरले थपेका छन्, ‘डोपिङ र फिक्सिङ तथा रंगभेदको फरकफरक कानुन बनाइरहनै पर्दैन । क्रिकेट तथा अन्य कुनै खेलमा फिक्सिङ हुन्छ भने र रंगभेदी व्यवहार कसैले गर्छभने उसलाई एकैकिसिमको कारबाही गरे फरक पर्दैन ।’

होल्डर हाल टेष्ट र टि–२० सिरिजका लागि इङ्गल्याण्डमा छन् । वेष्टइण्डिजले जुलाई ८ देखि इङ्गल्याण्डविरुद्ध तीन खेलको टेष्ट सिरिज खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :