भिल्लारियल पाँचौ स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी भएको छ । आईतबार राती भएको खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–० ले पराजित गर्यो । खेलको सुरुवातदेखि भ्यालेन्सियालाई दबाबमा राखेको भिल्लाले खेलको १४ औँ र ४४ औँ मिनेटमा गोल गर्यो ।

१४ औँ मिनेटमा पाको अल्कासेरले भिल्लालाई सुरुवाती अग्रता दिलाए । ४४ औँ मिनेटमा जेराड मोरेनोले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुबै तर्फबाट कुनै गोल हुन सकेन र भिल्लाले २–० को जित निकाल्यो ।

जित पछि भिल्लारियल ३२ खेलबाट ५१ अंक जोड्दै पाचौ स्थानमा उक्लिएको छ । भ्यालेन्सिया भने ४६ अंक सहित आठौँ स्थानमा छ ।

यस्तै आईतबार रातीनै भएको खेलमा लेभान्टे विजयी भएको छ । लेभान्टेले रियल बेटिसलाई पराजित गर्यो । घरेलु मैदानमा लेभान्टेले बेटिसलाई ४–२ ले पराजित गरेको हो । लेभान्टेको जितमा वोराज मोयरलले २१ , इनिस वर्दीले ३५, जोसे लुईजले ५० र रुवेनले ५९ औँ मिनेटमा गोल गरे । बेटिसका सर्जियो र जुनमीले सान्त्वना गोल फर्काए ।