शिर्ष स्थानको रियललाई २ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पुनः शिर्ष स्थानमा फर्किएको छ । गएराती भएको खेलमा स्प्यानियोललाई १–० ले हराउँदै रियलले शिर्ष स्थान कब्जा गरेको हो ।

रियल कम्तिमा अर्को चरणको खेलसम्म बार्सिलोनासँग २ अंकको अग्रता बनाउँदै शिर्ष स्थानमा पुगेको हो ।

रियलको साँघुरो जितमा क्यासिमेरोले गोल गरे । ४५ औं मिनेटमा करिम बेन्जमाको ब्याकहिल पासलाई क्यासिमेरोले उत्कृट ढंगले गोल गरेपछि रियलले जित निकालेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि जारी लिगमा रियल अपराजित छ ।

जितपछि रियलले ३२ खेलमा ७१ अंक जोडेको छ । समान खेल खेलेको बार्सिलोनाको ६९ अंक छ ।