क्यान समितिलाई पूर्णता

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले चार वटा विभिन्न कमिटीमा सदस्यहरु थप्दै कमिटीर्ला पूर्णता दिएको छ ।

क्यानले सोमबार यसअघि गठन गरिएको चार कमिटीलाई पूर्णता दिँदै सदस्य संख्या बढाएको हो ।

प्रतियोगिता समितिमा प्रशान्त बिक्रम मल्ललाई संयोजक तोकेको छ । यस्तै सदस्यहरुमा दौड अंसारी,ऋषि राम गौतम,बिक्रम बिष्ट र कैलाश बिष्टलाई राखेको छ ।

प्राविधिक समितिको संयोजकमा संजय राज सिंहलाई जिम्मेवारी दिएको छ भने वीरेन्द्र बहादुर चन्द,अमित वीर पाण्डे,अरुण कुमार अर्याल र संजय गुरुङलाई सदस्य तोकेको छ ।

क्यानले विस्तर गरेको वित्तीय समितिको संयोजकमा कोषाध्यक्ष रोशनकुमार सिंह रहेका छन् । यसै समितिको सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक रहेका छन् ।
मिडिया समिति संयोजकको जिम्मेवारी सचिव अशोक नाथ प्याकुरेललाई दिईएको छ भने भानुभक्त सिग्देल सदस्य छन् ।

क्यानले निकट भविष्यमा अरुपनि थप कमिटी बनाउने योजना बनाएको छ । जसमा अझै केहि ब्यक्तिहरुलाई राख्ने क्यानको योजना रहेको सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।