ला लिगाः गेटाफेले सोसिडाडसंग खेल्ने

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सोमबार एक खेल हुँदैछ । सोमबार हुने खेलमा गेटाफेले रियल सोसिडाडको सामना गर्दैछ । गेटाफेको घरेलु मैदानमा हुने खेल राती पौने २ बजे सुरुहुनेछ ।

ला लिगमा छैटौँ स्थानमा रहेको गेटाफे च्याम्पियन्स लिग र युरोपा लिग छनोटको होडमा रहेकोले उसका लागि खेल निकै महत्वपूर्ण हुनेछ । यो सिजन निकै ससक्त फुटबल खेलेको गेटाफेले ३१ खेलबाट तालिकामा ४९ अंक जोड्न सफल छ । एक खेल बढी खेलेको पाचौ स्थानको भिल्लारियल भन्दा २ अंक र चौथो स्थानको सेभिल्ला भन्दा ५ अंकले पछि रहेको गेटाफे खेल जिते पाचौ स्थानमा फर्कनेछ ।

यस्तै गेटाफे भन्दा एक स्थान तल र २ अंकले मात्रै पछि रहेको सोसिडाडलाई पनि खेल महत्वपूर्ण हुनेछ । तालिकाको सातौ स्थानमा रहेको सोसिडाड पनि च्याम्पियन्स लिग र युरोपा खेल्ने होडमा रहेको टोली हो । गेटाफेलाई हराउन सके सोसिडाडले एक स्थान सुधार गर्नेछ । गेटाफेको तालिकामा ४७ अंक छ ।

यो खेल पछि ला लिगामा ३१ औँ चरणका खेल सकिनेछन् । लिगमा ६ चरणका खेल बाँकी हुदा रियल मड्रिड ७१ अंक सहित शिर्ष स्थानमा छ भने बार्सिलोन ६९ अंक सहित दोस्रो स्थानमा छ ।