एफए कपः युनाईटेड र चेल्सी तथा आर्सनल र सिटी खेल्ने

एजेन्सी । एफए कप को सेमिफाईनल समिकरण तय भएको छ ।

म्यान्चेस्टर युनाईटडले चेल्सी र आर्सनलले म्यान्चेस्टर सिटीसँग एफए कपको सेमिफाईनलमा खेल्नेछ ।

एफए कपका चार सफल क्लबहरु फाईनल प्रवेशका लागि एक अर्काको आमने सामने हुनेछन् । १८ जुलाईमा वेम्बलेमा हुने पहिलो सेमिफाईनलमा म्यान यु र चल्सी खेल्नेछन् भने १९ जुलाईका दिन दोश्रो सेमिफाईनलमा आर्सनलले म्यान सिटीको सामना गर्नेछ ।

आर्सननले सर्वाधिक १३ पटक एफए कपको उपाधि हात पारेको छ भने चेल्सीले ८ पटक उपाधि जितिसकेको छ ।

म्यान युले नर्विच सिटीलाई हराउँदै अन्तिम चारमा आएको हो भने चेल्सीले लेस्टर सिटीलाई क्वार्टरफाईनलमा हराएको हो ।

अर्काेपटि आर्सनलले सेफिल्डलाईलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो भने म्यान सिटीले न्यु कासललाई पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतियोगिता अगस्ट १ को दिन वेम्ब्लेमा भएको हो ।