टेष्ट जर्सिको अघिल्लोपटी प्रायोजकको लागो राख्न पाईने

एजेन्सी । ईङ्गल्याण्ड र वेस्टईण्डिजबिचको टेष्ट म्याच श्रृंखलाबाट टिमहरुले आफ्नो जर्सीको अघिल्लो भागमा प्रायोजकको लागो राख्न पाउने भएका छन् ।

आईसीसीले कोरोना महामारीका कारण टिमहरुलाई प्रायोजनको अप्ठेरो पर्न सक्ने भएकोले आगामी १२ महिनाका लागि टेष्ट म्याचमा पनि प्रायोजकको लागो राख्न स्विकृति दिएको छ । आईसीसीले यो स्विकृति टिमहरुलाई अप्ठेरो परिस्थितीमा प्रायोजकसँगको सम्बन्ध सुमधुर बनाईरहन सघाउने हेतुले दिईएको बताएको छ ।

जुलाई ८ मा वेस्टईण्डिजले ईङ्गल्याण्डसँगको पहिलो टेष्ट म्याच खेल्दा अघिल्लो भागमा प्रायोजक अंकित जर्सिको प्रयोग गर्नेछ । यसो गर्ने वेस्टईण्डिज पहिलो टिम हुनेछ भने केही दिनमै ईङ्गल्याण्डले पनि जर्सिको अघिल्लो भागमा प्रायोजकको लोगो सहितको जर्सि सार्वजनिक गर्दैछ ।

अघिल्लो भागमा लोगो राख्दा टिमहरुले वान डे र टि २० किट जस्तै ३२ स्क्वायर ईन्चभन्दा ठूलो राख्न पाउने छैनन् ।