बार्सिलोनाका खेलाडी प्रशिक्षकविरुद्ध खनिए

एजेन्सी । अघिल्लो खेलमा एन्टोइन ग्रिजम्यानको परिवर्तनको बिषयलाई लिएर बार्सिलोनाका खेलाडी र प्रशिक्षकबीच बिबाद सुरुभएको छ । ३१ औँ चरणको खेलमा लिग दाबेदार बार्सिलोना सेल्टाभिगोसँग 2-2 गोलको बराबरीमा रोकिएको थियो ।

‘उपाधिको होडमा रहेको बार्सिलोना ३१ औँ चरणमा बराबरीमा रोकिएपछिनै बिबाद सुरुभएको हो’, विदेशी समाचार माद्यममा खबर छ । सबै खेलाडी प्रशिक्षकविरुद्ध एकजुट देखिएका छन् ।

शनिबार भएको खेलमा बार्सिलोनालेले भिगोसँग २–२ को बराबरी खेल्यो । खेलमा दुबैपटक अग्रता बनाएको बार्सिलोना बराबरीमा रोकिएको थियो । लुइज स्वारेजले गोल गरेपनि उनलाई परिवर्तन गरिएको थियो भने खेल सकिन ४ मिनेट बाँकी रहँदा पनि बार्सिलोना प्रशिक्षक सेटिनले अर्को परिवर्तन गरेका थिए । यही कारणले सटिनको रणनितीको खेलाडीले आलोचना गरेको विदेशी समाचार माद्यममा खबर छ ।

बार्सिलोनाका खेलाडी र सपोर्टस्टाफ सेटिनको शैलीमा खुसी देखिएका छैनन् । खेलमा निकै दबाब महसुस हुँदाहुँदै पनि स्वारेजको स्थानमा एन्टोएन ग्रिजम्यानलाई मैदानमा प्रवेश गराएको भन्दै केही खेलाडीले खरो रुपमा विरोध गरेको जनाईएको छ । यस्तै खेल सकिनुअघि अर्थर मेलोलाई मैदानमा प्रवेश गराएको बिषय पनि चर्चामा छ ।

यो सिजन स्वभाविक खेल खेल्न नसकेको बार्सिलोनाले प्रशिक्षक सेटिनलाई परिवर्तन गर्ने हल्ला सुरुवातमा पनि चेलेको थियो । केही खेलाडीसँग सम्बन्ध सोचे अनुसार नहुँदा सेटिनको बेलाबेला आलोचना समेत हुनेगरेको छ ।

सेटिनको रणनीतिका बबजुद बार्सिलोना ३१ औँ चरणमा बराबरीमा रोकिएको थियो । बराबरी पछि बार्सिलोनाले रियलसँगको अंकदुरी फराकिलो बनाउने मौका गुमाएको हो । लिगमा ३२ खेल खेलेको बार्सिलोना ६९ अंक सहित दोस्रो स्थानमा छ भने समान खेल खेलेको रियल मड्रिड ७१ अंक सहित पहिलो स्थानमा छ ।