पाकिस्तान क्रिकेट टिम ईङ्गल्याण्ड पुग्यो

एजेन्सी । ३१ सदस्यीय पाकिस्तानको क्रिकेट टोली ईङ्गल्याण्डसँगको टेष्ट र टि २० श्रृंखला खेल्न सोमबार ईङ्गल्याण्ड पुगेको छ ।

पाकिस्तानको क्रिकेट टोली चार्टर्ड फ्लाईटको सहयोगमा सोमबार ईङ्गल्याण्ड पुगेको हो । उनीहरुले लाहोरबाट सिधै ईङ्गल्याण्डको म्यान्चेस्टर पुगेको थिए जहाँबाट टोलीलाई सिधै वर्सेस्टरसायर लगिनेछ ।

पाकिस्तानका २० खेलाडी र ११ जना स्टाफको कोरोना परिक्षण गर्नै ब्यवस्था ईङ्गल्याण्ड एण्ड वेल्स् क्रिकेट बोर्ड (ईसीबी)ले गरेको छ । कोरोनाको परिक्षण पश्चात पाकिस्तानी टोली १४ दिनको आईसोलेसनमा बस्नेछन् । आईसोलेसनको दौरानमा उनीहरुले प्रशिक्षण समेत गर्नेछन् ।

१४ दिनको आईसोलेन पशचत उनीहरुलाईै जुलाई १३ मा डर्बीसायर पुर्याईनेछ ।

पाकिस्तन क्रिकेट बोर्डले गरेको दोश्रो कोरोना परिक्षणमा दशमध्ये ६ जनाको नतिजा नेगेटिभ देखिएपनि भ्रमण टोलीमा संलग्न गराईएको छैन ।

पाकिस्तानले ईङ्गल्याण्डसँग खगस्ट र सेप्टेम्बरमा तीन टेष्ट र तीन टि २० श्रृंखला खेल्नेछ । तर ईसीबीले अझै श्रृंखलाको मिती भने तय गरिसकेको छैन ।

यो श्रृंखला अघि ईङ्गल्याण्डले वेस्टईण्डिजसँग तीन टेष्टको श्रृंखला खेल्नेछ । पहिलो टेष्ट जुलाई ८ देखि शुरु हुँदैछ ।