साफ च्याम्पियनसिप एकबर्ष पछि सर्यो

काठमाण्डौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि धकेलिएको छ ।

बंगलादेशमा हुने भनिएको साफ फुटबल कोरोना भाइरस (कोभिड–१९) को महामारी तथा प्रभावका कारण एकबर्ष सारिएको हो ।

आज साफ आवद्ध राष्ट्रहरुको भिडियो बैठक पछि प्रतियोगिता सार्ने सहमती भएको हो ।

यही बर्षको सेप्टेम्बरमा तय भएको प्रतियोगिता अब २०२१ मा मात्र हुनेछ ।

साफले लगातार दोस्रो पटक बंगलादेशलाई साफको आयोजनाको जिम्मा दिएको थियो ।

अघिल्लो संस्करणको उपाधि माल्दिभ्सले जितेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

कोरोना महामारीका कारण साफ फुटबलमा देखिएका चुनौती तथा नजिकिदो साफ च्याम्यिनसिपको बारेमा छलफल गर्न सोमबार साफ सदस्य राष्ट्हरुको जुम मिटिङ राखिएको थियो ।

बैठकले साफ च्याम्पियनसिप फुटबल सार्ने निर्णयगर्दै यू १५ साफ, यू १५ महिला साफ र यू १८ महिला साफ च्याम्पियनसिप पनि तत्काल अर्को निर्णय नभए सम्म नगर्ने निश्कर्ष निकाल्यो । आगामी सेप्टेम्बरमा बस्ने बैठकले उमेर समुहका प्रतियोगिताको बारेमा टुंगो लगाउनेछ ।