सन्तान जन्मने भएपछि रुटले पहिलो टेष्ट गुमाउने

एजेन्सी । आगामी साता दोश्रो सन्तानको जन्म हुने भएपछि ईङ्गल्याण्डका कप्तान जो रुटले वेस्टईण्डिजबिरुद्धको पहिलो टेष्ट गुमाउने भएका छन् ।

जुलाई ८ बाट शुरु हुने ईङ्गल्याण्ड र वेस्टईण्डिजबिरुद्धको पहिलो टेष्ट अघि रुट सन्तानको जन्मका लागि घर जाने भएपछि पुन टोलीसँग जोडिन नपाउने भएपछि उनले पहिलो टेष्ट गुमाउने भएका हुन् ।

रुटको अनुपस्थितीमा बेन स्टोक्स्ले पहिलोपटक ईङ्गल्याण्डको टेष्ट टिमको कप्तानी गर्नेछन् ।

रुटले पनि स्टोक्स् नेतृत्वको लागि सक्षम भएको बताईसकेका छन् । उनले आफ्नो अनुपस्थितीमा स्टोक्स् कप्तानीका लागि उपयुक्त पात्र भएको समेत बताएका छन् ।

यसै टेष्टमा वेस्टईण्डिजले जर्सिमा ‘ब्ल्याक लाईभ्स् म्याटर्स’ अंकित लोगो लगाएर खेल्नेछ ।