५ बलर जसलाई कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेनन्

बिभा थापा

सन् २००७ मा भएको पहिलो विश्व टि २० मा भारतका युवराज सिहंले ईङ्गल्याण्डका प्रिमियम बलर स्ट्अर्ट ब्रोडको एक ओभरको सबै ६ बलमा छक्का प्रहार गर्दै किर्तिमान रचेका थिए । टि २० क्रिकेटको छ बलमा ६ छक्का प्रहार गर्नै पहिलो खेलाडी हसन् युवराज सिहं भने एक ओभरको सबै बलमा छक्का खाने पहिलो बलर हुन् स्टुअर्ट ब्रोड ।

यो घटनाको भोलिपल्ट ब्रोडको बुबा क्रिस ब्रोड युवराज भएको ठाउँमा गएर आफ्नो छोराको करिब करिब करियर सिध्याएको भन्दै दुखेसो पोखेको खबरले निकै चर्चा समेत पाएको थियो ।

यो युवराज र स्टुअर्ट ब्रोडको एक ओभरको घटनाले एउटा प्रिमियम बलरको करियर नै अनत्य हुने डरले बताउँछ की क्रिकेटमा बलरका लागि छक्का खानु कति पिडादायिी हुन्छ ।

एउटा क्रिकेट म्चाचमा बलरको महत्व निकै रहेन गर्दछ । कुनै पनि एउटा टिमसँग स्तरीय बलरको संलग्नताले खेलमा ठूलो र महत्वपूर्ण भुमिका रहने गर्दछ । बलरको प्रदर्शनले क्रिकेट खेलको नतिजा ५० प्रतिशत हेरफेर गर्न ल्याकत राख्दछ ।

जसरी एउटा क्रिकेट ब्याट्सम्यानको लागि शतकको महत्व हुने गर्दछ ,त्यस्तै एउटा बलरको लागि एक खेलमा ५ विकेट लिनुले बराबर महत्व राख्दछ ।

ब्याट्समयान आफूलाई अब्बल देखाउन बलरको बललाई ठूलो ठूलो छक्का प्रहार गर्न मन पराउँछ भने बलरको भुमिका ब्याट्सम्यानलाई रन प्रहार गर्न बाट रोकेर उसको विकेट लिने रहँदछ ।

बलर र ब्याट्सम्यानको यही प्रतिस्पर्धाले क्रिकेट खेललाई रोचक बनाउँदै आएको छ ।

क्रिकेटको ईतिहासमा अहिलेसम्म कति ब्याट्सम्यानले कतिपटक बाउण्ड्री पार गर्दै छक्का हाने र कति बलरले उनीहरुको विकेट लिए,त्यो गणना मुश्किल नै पर्छ । तर एउटा रोचक पक्ष र तथ्यांक के हुन सक्छ भने अन्तराष्ट्रिय क्रिकेटमा कुन कुन बलरले अहिलेसम्म आफ्नो करियरमा कुनै पनि ब्याट्सम्यानलाई छक्का प्रहार गर्न दिएका छैनन् ।

अन्तराष्ट्रिय क्रिकेटमा करिब २८० जना बलरले ५ हजार वा त्यो भन्दा बढी बल ब्याट्सम्यानलाई गरेका छन् । यी मध्ये ५ बलर यस्ता छन् जसले टेष्ट क्रिकेटमा अहिले सम्म आफ्नो बलमा कुनै पनि ब्याट्सम्यानलाई बाउण्ड्री पार छक्का प्रहार गर्न दिएका छैनन् । तीनै ५ बलरको बारेमा यहाँ चर्चा गर्दैछौ ।

५ बलर जसले आफ्नो टेष्ट क्रिकेट करियरमा कुनै पनि ब्याट्सम्यानलाई छक्का हान्न दिएका छैनन्,यो सूचीमा सबैभन्दा पहिलो नाम आउँछ अष्ट्रेलियाका केथ मिलर ।

केथ मिलर

केथ मिलरले आफ्नो टेष्ट करियरमा कुल १० हजार ४६१ बल फाले तर कु्नै पनि बलमा ब्याट्सम्यानले छक्का भने प्रहार गर्न सकेनन् । पेशाले पाईलट समेत रहेका केथले अष्ट्रेलियाका लागि सन् १९४६ मा न्युजिल्याण्डबिरुद्धको खेलमा डेब्यु गरेका थिए । उनले अष्ट्रेलियाका लागि कुल १७० विकेट लिए भने एकै ईनिङ्गमा ६० रन खर्चर ७ विकेट उनको उत्कृष्ट प्रदर्शन हो । उनले ७ पटक एक टेष्टमा ५ विकेट लिएका थिए । उनले सन् १९५६ मा पाकिस्तानबिरुद्ध आफ्नो अन्त्मि टेष्ट खेलेका थिए । केथको सन् २००४ मा ८४ वर्षको उमेरमा निधन भएको थियो ।

निल हक

अष्ट्रेलियाका निल एक उत्कृष्ट क्रिकेटरसँगै राम्रो फुटबलर समेत थिए । मध्यम गतिका बलर निलले पनि आफ्नो ५ वर्षे क्रिकेट करियरमा बलिङ्ग गर्दा एउटा पनि छक्का प्रहार गर्न दिएनन् । उनले आफ्नो करियरमा कुल ६ हजार ९७४बल गरे । सन् १९६३ मा ईङ्गल्याण्डबिरुद्ध डेब्यु गरेको उनले त्यसको ५ वर्षपछि ईङ्गल्याण्डबिरुद्ध नै अन्त्मि टेष्ट पनि खेलेका थिए । निलले २७ टेष्टमा कुल ९१ विकेट लिएका थिए भने ६ पटक एकै ईनिङ्गमा ५ अथवा त्यो भन्दा बढी विकेट लिएका छन् । उनले एक टेष्टमा एक पटक १० विकेट समेत लिएका थिए । उनको उत्कृष्ट प्रदर्शन १०५ रन खर्चेर ७ विकेट लिनु हो । सन् २००० को डिसेम्बर २५ मा ६१ वर्षको उमेरमा निलको निधन भएको थियो ।

मुद्दसर नजर

पाकिस्तानका मुद्दसरले सन् १९७६ मा अष्ट्रेलियाबिरुद्ध टेष्ट डेब्यु गरेका थिए भने अन्तिम पटक सन् १९८९ मा नयुजिल्याण्डबिरुद्ध खेलेका थिए । उनले पाकिस्तनबाट ७६ टेष्ट खेल्दै कुल ६६ विकेट लिएका छन् । उनले उक्त समयमा कुल ५ हजार ९६७ बल गरेका थिए । उनले कुनै पनि बलमा ब्याट्म्यानलाई छक्का प्रहर गर्ने मौका दिएनन् ।

महमुद हुसैन

महमुदले पाकिस्तानका लागि सन् १९५२ मा भारतबिरुद्ध टेष्ट डेब्यु गरेका थिए । १० वर्षे अन्तराष्ट्रिय टेष्ट करियरमा महमुदले पाकिस्तानका लागि २७ टेष्ट खेल्दै कुल ६८ विकेट लिएका छन् । सो क्रममा उनले ५ हजार ९१० बल गरे तर कुनै पनि ब्याट्सम्यानले एउटा पनि छक्का प्रहार गर्न सकेनन् । महमुद ६० वर्षको उमेरमा निधन भएको हो ।

डेरेक प्रिङ्गल

ईङ्गल्याण्डका डेरेकले भारतबिरुद्ध सन् १९८२ मा पहिलापटक टेष्ट क्रिकेट खेलेका थिए । उनको १० वर्षे अन्तराष्ट्रिय करियर पाकिस्तानसँग खेल्दै टुङ्गिएको थियो । यो क्रममा उनले ३० टेष्टमा ७० विकेट लिएका थिए । उनले टेष्ट करियरमा कुल ५ हजार २८७ बल गरेका थिए ।

केथ मिलरको समय सँगै क्रिकेट खेलेका खेलाडी रे लिन्डवालको नाम पनि यो सूचीमा समावेश गर्दा फरक नपर्ला । रे ले टेष्ट करियरमा १३ हजार ६५० बल गरे जसमा जम्मा एउटा मात्र छक्का प्रहार गर्नै मौका दिएका थिए । उनलाई ईङ्गल्याण्डका साईरिल वासब्रु्कले १९४६–४७ को एसेज टेष्टमा एक छक्का प्रहार गरेका थिए । यसको अर्थ अष्ट्रेलियाका मिलर र साईरिलको बलिङ्ग जोडीले २४ हजार १११ बलमा जम्मा एक छक्का मात्र खर्चिएका थिए ।

(विभिन्न एजेन्सीको सहयोगमा)