स्पेनिस क्लब भ्यालेन्सियाका प्रशिक्षक बर्खास्त

एजेन्सी ।
स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले प्रशिक्षक अलवर्ट सेलाडेसलाई बर्खास्त गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि सुरुभएको लिगमा क्लबको खराब प्रदर्शनका कारण सेलाडेसलाई बर्खास्त गरिएको हो ।

नियुक्ति पाएको नवौँ महिनामा क्लबले उनलाई निकाल्यो । सेलाडेस गएको सेप्टेम्बरमा क्लब आबद्ध भएका थिए । उनीसँगै क्लबका खेल निर्देशक सिजर साञ्जेजले पनि पद त्यागेको विदेशी समाचार माद्यममा खबर छ ।

भ्यालेन्सियाले सेलाडेसको ठाउँमा भोरो गोन्जालेचलाई सिजनको अन्तिम सम्म प्रशिक्षक नियुक्त गरेको छ । क्लबले लिगको ३२ औँ चरणको खेलको नतिजापछि सेलाडेसको बारेमा निर्णय गर्ने बताए पनि केही दिन अगाबै बर्खास्त गरेको भन्दै सान्चेजले राजिनामा दिएका हुन् ।

भ्यालेन्सिया लिग तालिकाको ८ औँ स्थानमा छ भने पछिल्ला ४ खेलमा १ मा मात्र जित निकालेको छ ।