कोरोना नेगेटिभ देखिएका ६ पाकिस्तानी खेलाडी ईङ्गल्याण्ड जाने

एजेन्सी । पाकिस्तानका ६ कोरोना संक्रमित खेलाडीहरु दोश्रो परिक्षणमा नेगेटिभ आएपछि अर्काे साता ईङ्गल्याण्ड जाने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बताएको छ ।

पाकिस्तानको क्रिकेट टोली तीन टेष्ट र तीन टि २० खेल्न अहिले ईङ्गल्याण्डमा छन् । गत साता पाकिस्तान क्रिकेट बोर्डले गरेको खेलाडी तथा स्टाफको कोरोना परिक्षणमा ६ जना खेलाडीहरुको नतिजा पोजिटिभ देखिएको थियो । कोरोना पोजिटिभ पाईएका खेलाडीहरुमा फखर जमान,मोहमद हस्नैन,मोहमद हाफिज,मोहमद रिजवान,शदाब खान र वाहब रियाज रहेका छन् ।

ती सबै खेलाडीहरु अहिले पाकिस्तानको एक पाँच तारे होटलमा आईसोलेसनमा बसिरहेका छन् ।

यी ६ जनालाई कोरोना पोजिटिभ पाईएपछि बोर्डले १८ नियमितसँग २ वैकल्पिक खेलाडीलाई ईङ्गल्याण्ड पठाएको छ । यसबाहेक टोलीसाग ११ जना स्टाफ रहेका छन् । पछिल्लो तीन दिनमा ६ संक्रमित खेलाडीहरुको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ देखिएको छ ।

टोलीमा पर्नको निम्ति दुई वटा परिक्षण नेगेटिभ हुनपर्ने प्रावधान रहेकोमा सबै ६ जनाको पछिल्लो नतिजा उनीहेगेटिभ आएकोले उनीहरु अब केही दिनमै ईङ्गल्याण्ड भ्रमणका लागि निस्कने बोर्डले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :