१७ वर्षपछि अष्ट्रेलियामा खेल्ने जिम्बाब्वे चाह पुरा भएन

एजेन्सी । अगस्टका लागि निर्धारित अस्ट्रेलिया र जिम्बाब्वे बिचको वान डे सिरिज स्थगित भएको छ ।

कोरोना कहर सामान्य नभएको कारण जिम्बाब्वेसँगको वान डे सिरिज स्थगित गरेको क्रिकेट अष्ट्रेलियाले पुष्टि गरेको छ । यसअघि मुखय प्रशिक्षक जस्टिन ल्यांगरले अष्ट्रेलियाको जिम्बाब्वेसँगके सिरिज सम्भव नदेखिएको धारणा सार्वजनिक रुपमा राखेका थिए ।

क्रिकेट अष्ट्रेलियाले जिम्बाब्वेसँगको सिरिजको आगामी मिति भने उपयुक्त समयमा तोकिने बताएको छ ।

यसअघि पुर्व तालिका अनुसार यी दुईबिचको वान डे सिरीजका खेलहरु अगस्ट ९ ,१२, १५ तारिखका लागि निर्धारण गरिएको थियो ।

लामो समय देखि अस्ट्रेलिया भ्रमणमा नगएको जिम्बाब्वे टिमको प्रतिक्षा अझै लम्बिएको छ । अन्तिम पटक जिम्बाब्वेले सन् २००३ मा अष्ट्रेलिया भ्रमण गरेको थियो ।