सेटिनलाई बर्खास्त गर्दै बार्सिलोना !

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रमुख प्रशिक्षक क्विके सेटिनलाई बर्खास्त गर्ने संम्भावना बढेको छ । कोरोना भाइरस (कोभिड–१९) कोे महामारीपछि पुनः सुचारु भएको लिगमा क्लबको खराब प्रदर्शनको कारण देखाउँदै सेटिनको बर्खास्तिको तयारी भएको हो ।

पछिल्ला केही खेलमा बार्सिलोनाले खासै राम्रो लय देखाउन सकेको छैन । पछिल्ला ५ खेलमा २ मा बार्सिलोनाले बराबरी खेलेको छ । बराबरीका कारण ला लिगाको होड केही कमजोर बनेको छ ।

लिग पुनः सुचारु हुनुअघि कुईके सेटिनको नेतृत्वमा रहेको बार्सिलिना पहिलो स्थानमा थियो र रियल मड्रिड भन्दा २ अंन्क बढी थियो तर कोरोना महामारीपछि खराब लयका कारण अहिले बार्सिलोना २ अंकले पछि परेको छ ।

‘यो हप्ता बार्सिलोनाका मुख्य प्रशिक्षक बर्खास्त हुन सक्ने सम्भावना छ’, केही विदेशी समाचार माद्यमले लेखेका छन्, ‘खेलाडीका कारण प्रशिक्षकसँग व्यवस्थापन पनि त्यतिधेरै सन्तुष्ट छैन ।’

ला लिगामा बार्सिलोनाले अब केही कठिन खेल खेल्नेछ । मंगलबार एथ्लेटिको मड्रिडसँग खेल्ने तयारीमा रहेको बार्सिलोनाले अर्को चरणमा भिल्लारियलसँग खेल्नेछ । त्यस लगत्तै बार्सिलोना क्याटालन डर्बीका लागि तयार रहनुपर्नेछ ।

लिगमा उपाधि उचाल्न केही कठिन खेल खेल्ने बाद्यात्मक परिस्थिती एकातिर छ भने खेलाडीलाई प्रशिक्षकसँग सन्तुष्ट राख्ने खाँचो पनि छ । त्यसकारण बार्सिलोना ब्यपस्थापनले आगामी खेलबाट सेटिनको भविष्य निर्धारण हुने बताएको केही विदेशी समाचार माद्यममा खबर छ । ‘मंगलबार बार्सिलोनाले अंक तालिकाको तेश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको सामना गर्दैछ’, केही विदेशी समाचार माद्यम लेख्छन्, ‘खेलमा बार्सिलोना पराजितभए तत्कालै उनी बार्खास्त हुन सक्छन् ।’

बार्सिलोनाले यसैवर्ष जनवरीमा आफ्ना प्रशिक्षक एर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेर सेटिनलाई भित्राएको थियो ।

सेटिनलाई बर्खास्त गरेर बार्सिलोनाले बि टिमका प्रशिक्षक ज्याभिएर गार्सियालाई अस्थाई प्रशिक्षक नियुत्त गर्ने तयारी गरेको बुझिएको छ । बार्सिलोनाले सिजनको अन्त्यमा पुर्व कप्तान जाभी हर्नान्डेजलाईनै प्रमुख प्रशिक्षकको लागि प्राथमिक्तामा राख्ने छ ।