क्रिकेटर हेप्बर्न बलात्कारी भएको पुनरावेदनको ठहर

एजेन्सी । बलात्कार आरोपित ईङ्गल्याण्डको काउन्टी क्लब वर्सेस्टरशायरका कप्तान एलेक्स हेप्बर्नले गरेको पुनरावेदनको माँग खारेज भएको छ ।

हेप्बर्नलाई सन् २०१९ अप्रिलमा पाँच वर्ष जेल सजाय सुनाईएको थियो । उनलाई वर्सेस्टरशायरको क्राउन अदालतले बलात्कारमा ओरोपित ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर हेप्बर्नले आफूमाथि लागेको आरोप गलत भएको बताउँदै आएका थिए ।

हेप्बर्नले एक महिलामाथि जबरजस्ती मुख मैथुन गराएको र त्यसपछि उनी मानसिक रुपमा बिरामी भएकोले तल्लो अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

पुनरावेदन अदालतले हेप्बर्नको कर्तुत एक महिलामाथी गरिने अमानविय ब्यवहार र उनको कर्तृ प्रति शुन्य सहनशिलता अपनाउनुपर्ने भएकोले अपिल खारेज गरिएको निर्णय सुनाएको छ ।

अब बलात्कार आरोपित हेप्बर्नमाथिको ५ वर्षको जेल सजाय कार्यान्वयन हुनेछ ।

हेप्बर्नलाई तल्लो अदालतले जेल सजाय सुनाए लगतै ईङ्गल्याण्ड एण्ड वेल्स् क्रिकेट बोर्ड (ईसीबी) ले १८ काउन्टी क्लबका पुरुष तथा महिला खेलाडीलाई यौन दुब्र्यवहार सम्बन्धिको गोष्ठी आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :