छुम्बी र धर्मराज क्यान केन्द्रिय सदस्यमा नियुक्त

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)का पूर्व प्रमुख संचालन अधिकृत छुम्बी लामा र धर्मराज गिरी क्यानको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् ।

लामा र गिरीलाई सोमबार राष्ट्रिय खेलकुद राष्ट्रिय परिषद (राखेप) ले क्यानको केन्द्रिय सदस्यमा नियुक्ति दिएको हो । यसअघि असार १० गते राखेपका सदस्यसचिव रमेश सिलवालले लामा र गिरीलाई क्यानको केन्द्रिय सदस्य बनाउने निर्णय गरेका थिए ।

क्यानको विधानमा २ जना सदस्य राखेपबाट राख्ने नियम भए अनुरुप लामा र गिरीलाई क्यानमा नियुक्ति दिईएको हो ।

लामा टंक आङ्गबुहाङ्गको नेतृत्वमा रहेको तत्कालिन क्यानबाट नेपाली क्रिकेटको सर्वाेच्च निकायमा प्रवेश गरेका ब्यक्ति हुन् भने गिरी मदनभण्डारी स्पोर्टस् फाउण्डेशनमा लागेका ब्यक्ति हुन् । लामा घरेलु टि २० प्रतियोगिता पोखरा प्रिमियर लिग आयोजक गर्ने कम्पनी क्विन्स इभेन्ट्स प्रा लि का प्रबन्ध निर्देशक समेत हुन् ।

लामा र गिरी, सिलवाल निकट राजनितिक पार्टीमा आबद्ध ब्यक्ति समेत हुन् ।