काभानीको स्थानान्तरण अनिश्चत

एजेन्सी । स्ट्राईकर एडिसन काभानी र स्पेनिस क्लब एथ्लेटिको मड्रिडबीच भएको पहिलो चरणको सम्झौता उल्टिने भएको छ । आगामी सिजनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट स्पेनको एथ्लेटिको स्थानान्तरणको प्रयासमा रहेका उरुग्वेका स्टाईकर काभानीले पूर्व सहमती अनुसार पारिश्रमिक नपाउने भएपछि सम्झौता तोडिने भएको हो ।

विदेशी समाचार माद्यमका अनुसार काभानी र क्लबबीच पहिलो चरणमा सहमती बनिसकेको थियो तर बाँकि कुरा टुंगिनुअघि केही कुरामा समझदारी बन्न सकेन । सहमती हुन नसकेका मध्धे प्रमुख कारण पारिश्रमिकनै हो ।

काभानीलाई यो सिजनको अन्तिममा पिएसजीले रिलिज गर्नेछ । त्यसपछि उनी अर्को कुनै क्लब स्थानान्तरण हुन चाहान्छन् । उनको स्थानान्तरणको प्रयासमा एजेन्ट समेत रहेका उनका दाजु लागि परेका छन् ।

‘एटलेटिको मड्रिडले काभानीका एजेन्ट तथा दाजुको बार्गेनीङ चित्त बुझाएन’, इएनएस लेख्छ, ‘एथ्लेटिकोका अध्यक्ष सरेजो खुसी देखिएनन् ।’ उनी खुसी नहुनुको कारण भनेको काभानी पक्षबाट महंगो पारिश्रमिकको प्रस्ताव गरिनु हो ।

काभानी पक्षले भने यसको खण्डन गरेको छ । यो बिषयमा क्लब पिएसजीको आधिकारीक भनाई आएको छैन ।

विदेशी स्रोतका अनुसार एथ्लेटिकोले इन्कार गरेपछि काभानी फेरि इटाली फर्कने सम्भावना छ । पूर्व क्लब रोमा, नेपोली लगायतले उनलाई किन्ने इच्छा देखाएका छन् ।

पिएसजीले यो सिजनको अन्तिममा काभानी, थिएगो सिल्भा लगायतका केही खेलाडीलाई रिलिज गर्नेछ ।