फ्लोएडको किरिया खर्च मेवेदरले व्यहोर्ने

एजेन्सी । गत हप्ता अमेरिकामा प्रहरीको ज्यादतिका कारण ज्यान गुमाएका ४६ बर्षिय जर्ज फ्लोएडको किरिया खर्च पुर्व विश्व बक्सिङ बिजेता फ्लोएड मेवेदरले गर्नेभएका छन् । मेवेदरको प्रचार प्रमुखले यसको औपचारिक जानकारी दिएका छन् ।

विदेशी समाचार माद्यममा प्राप्त खबर अनुसार मेवेदरको प्रस्तावमा मृतक फ्लोएडको परिवार सहमत छ ।

४६ बर्षिय फ्लोएडको प्रहरीको गल्तीका कारण गत साता ज्यान गएको थियो । उनको मृत्यूपछि अमेरिकामा निरन्तर आन्दोलन जारी छ ।

सरकारले घटनामा संलग्न चारै जना प्रहारीलाई बर्खास्त गदै कारबाहीको तयारी थालिएको भए पनि आन्दोलनकारीहरु भने निरन्तर प्रदर्शन गरीरहेका छन् ।