भलिबलकी स्वर्णधारी झिले भनिन् कम्तिमा तीनवटा ओलम्पिक खेल्छु

एजेन्सी । चिनको महिला भलिबल टिमकी कप्तान तथा ओलम्पिकको स्वर्ण पदक विजेता झु टिङ्गले आफूलाई कम्तिमा तीन वटा ओलम्पिक खेल्न मन रहेको खुलाएकी छिन् ।

झुले पहिलोपटक सन् २०१६ को रिया ओलम्पिकमा सहभागिता जनाएकी थिईन् । उनले सो ओलम्पिकमा स्वर्ण पदक जित्नुबोहक मोस्ट भ्यालुएबल प्लेयरको उपाधि समेत पाएकी थिईन् । उनको कमितमा तीन वटा ओलम्पिक खेल्ने ईच्छा पुरा गर्न आगमी वर्षको टोकियो ओलम्पिकसँगै त्यसपछिको पेरिसको संस्करणमा समेत खेल्नुपर्ने हुन्छ ।

झिले भनिन्,‘ब्यक्तिगत रुपमा म पेरिस ओलम्पिकसम्म खेल्न चाहन्छु तर मेरो खेलले त्यसबेलासम्म साथ दिन्छ कि दिँदैन भनने मुख्य कुरा हो । आशा गर्छु म त्यसबेला सम्म खेल्न सक्ने अवस्थामा रहनेछु ।

सन् १९९४ मा जन्मिएकी झि अहिले २५ वर्षकी भईन् । उनले लामो समय सम्म खेल्ने प्रयासमा रहने बताईन् ।

उनले आफू खेलुन्जेल चिनलाई ओलम्पिकमा स्वर्ण दिलाउने प्रयास गर्ने बताईन् ।