सेल्टामाथि मालोर्काको फराकिलो जित

एजेन्सी । स्पेनिस लालिगामा रेलिगेशनबाट उम्कने प्रयासमा रहेको मालोर्काले अर्काे संघर्षरत क्लब सेल्टा भिगोलमाथि शानदार जित निकालेको छ ।

घरेलु मैदान ईबेरोस्टार स्टेडियममा भएको खेलमा मालोर्काले सेल्टा भिगोमाथि ५–१ गोल अन्तरको फराकिलो जित निकालेको हो । १८औं स्थानको मालोर्कालाई १७औं स्थानको सेल्टासँगको यो जितले केही राहत भने पुगेको छ ।

मालोर्काको जितमा आन्टे बुदिमिरले दुई तथा सुचो हर्नान्डेज,एलेजेन्डर पोजो र साल्भा सेभियाले एक एक गोलको योगदान दिए । अर्काेतर्फ सेल्टाका लागि ईयागो आसपासले एक गोल फर्काए ।

सेल्टासँगको जितले १८औं स्थानको मालोर्काको जारी लिगमा ३३ खेलबाट २९ अंक भएको छ भने हारको सामना गरेको सेल्टाको ३३ खेलमा ३४ अंक छ ।

दुबै क्लब रेलिगेशन जोनको खतरामा छ भने बाँकी रहेको ५ खेलमा जित निकालेको खण्डमा रेलिगेशन जोनबाट माथि चढ्ने मौका हुन सक्छ ।