दर्शकसहित फ्रेन्च ओपन टेनिस

एजेन्सी । यस वर्षको फ्रेन्च ओपन टेनिस प्रतियोगिता दर्शक सहित हुने भएको छ ।

फ्रेन्च टेनिस आयोजकले पेरिसमा आगामी सेप्टेम्बरमा हुने फ्रेन्च ओपन टेनिसमा २० हजारको संख्यामा दर्शकलाई खेल हेर्न दिने बताएको छ । कोरोना भाईरसको महामारी जारी रहँदाको समयमा आयोजकले दर्शकसहित फ्रेन्च ओपन टेनिस गर्ने बताएको हो ।

फ्रान्समा कोरोनाका कारण करिब ३० हजार मासनसको ज्यान गईसकेको छ भने एक लाख ६५ हजार संक्रमित देखा परेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि गत अप्रिलमा फ्रान्समा सबै ब्यवसायीक खेलहरु स्थगित गरिएको थियो । यस्तै टेनिसको बहुचर्चित प्रतियोगिता फ्रेन्च ओपन मे बाट सेस्टेम्बर २७ का लािग स्थगित गरिएको थियो ।

आयोजकले फ्रेन्च ओपनको दौरान अनुमति दिईने दर्शकको संख्या ५० देखि ६० प्रतिशतको रहने जिकिर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :