अमेरिकामा ३१ खेलाडी सहित ३८ जनामा कोरोना

एजेन्सी । अमेरीकामा पछिल्लो पटक ३१ खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । त्यहाँको व्यवसायीक बेसबल प्रतियोगीता मेजर लिग बेसबल (एमएलबी) का ३१ खेलाडीमा कोरोना देखिएको हो ।

यस्तै अन्य ७ कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको विदेशी समाचार संस्थामा खबर छ ।

पछिल्लो परक्षणको क्रममा उनीहरुमा कोरोनाको संक्रमण देखिएको हो ।

संक्रमण पुष्टी भएसंगै १४ जुलाईबाट सुरु हुने भनिएको मेजर लिग बेसबल अनिश्चित कालका लागी स्थगीत गरीएको छ ।

लिग खेल्ने सबै टोलीका खेलाडीमा गरिएको परिक्षणको क्रममा १९ टोलीका खेलाडी तथा कर्मचारीहरुमा कोरोना देखिएको हो ।

एमएलबीले सबै खेलाडी र कर्मचारी सहित ३ हजार १ सय ८५ जनाको कोरोना भाइरस परिक्ष्यण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :