एन्फाविरुद्ध मानहानीको मुद्दा

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ता सुजित केसीले सर्वोच्च अदालतमा एन्फा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रवक्ता किरण राईलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका हुन् ।

गएको माघ २२ गते रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रूपमा निर्माण गरिएको भन्दै सर्वोच्च अदालतले उक्त कार्य तत्काल रोक्न आदेश जारि गरेको थियो, तर आदेश अनुसार नभएको केसीको ठहर छ ।

उक्त आदेशपछि सर्वोच्चले एन्फा कार्यसमितिलाई छलफलका लागि बोलाएको थियो ।

तर, एन्फाले माघ २६ गते एकेडेमीको घेरबारसहित अन्य कार्य गर्ने निर्णय गर्दै मुद्दा विचाराधीन रहँदा रहँदै अदालतको अपहेलना गरेको केसीले बताए । एन्फा बैठकले रौतहटमा निर्माणाधिन एकेडेमिका बारेमा केही महत्वपूर्ण निर्णय गरेको थियो । निर्माण सम्पन्नको प्रमाणपत्र स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैँया घेराबार र गार्ड हाउस निर्माणका लागि दिने, ४५ लाख ९७ हजार ७ सय १ रुपैँयामा फ्लोरिसिङको कामको ठेक्का लगाउने लगायतका निर्णय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :