तीन वर्षअघि नेपालमा किर्ते टि २० लीग गर्ने डण्डीवाल पक्राउ

काठमाण्डौ । तीन वर्षअघि नेपालमा भएको एशियन प्रिमियर लीग (एपीएल)का आयोजक प्रमुख रविन्द्र डण्डीवाललाई म्याच फिक्सिङ्गको आरोपमा भारतको पञ्जाव प्रहरीले पक्राउ गरेको छ ।

डण्डीवाललार्ई प्रहरीले मोहालीमा श्रीलंकाको नामबाट अपारदर्शी क्रिकेट प्रतियोगिताको आयोजना गराइरहेको आरोपमा पक्राउ गरेको हो । प्रायोजकसँगको सम्झौता तथा पुरस्कार राशीमा समेत अपारदर्शी रहेका डण्डीवाल विभिन्न देशमा गएर फिक्सिङ्ग गराउने मुख्य अभियुक्त रहेको बताइएको छ ।

पञ्जाब प्रहरीले जुन महिनामा पञ्जाबमा श्रीलंकाको नामबाट गरिएको युथ टि २० लीगमा म्याच फिक्सिङ्ग गराएको आरोपमा मगलबार डण्डीवाललाई पक्राउ गरेको हो । डण्डीवाललाई पुलिसले मंगबलबार मोहालीस्थित उनको निवासबाट पक्राउ गरेको हो ।

पञ्जाब पुलिसले डण्डीवालले फिक्सिङ्ग प्रयोजनकै निम्ति जुनमा युथ टि २० लीगको आयोजना गरेको आरोपमा पक्राउ गरिएको बताएको छ । यतिबेला उनलाई पुलिसले सोधपुछ गरिरहेको बताईएको छ ।

पञ्जाब पुलिसका अनुसार डण्डीवाल संसाभर चल्ने म्याच फिक्सिङ्ग गिरोहका एक नाईके हुन् । उनले विभिन्न देशमा विभिन्न नामले प्रतियोगिता आयोजना गर्दै फिक्सिङ्गको चलखेल गर्ने गरेको पृष्ठभुमि पत्ता चलेको समेत पञ्जाब पुलिसले बताएको छ । पञ्जाब पुलिसले क्रिकेट म्याच फिक्सिङ्गको घटना भएकोले भारतीय क्रिकेट कन्ट्रो बोर्ड बीसीसीआईसाग मिलेर अनुसन्धानलाई अघि बढाएको एक भारतीय संचारमाध्यमले उल्लेख गरेको छ ।

बीसीसीआईले पनि डण्डीवालबिरुद्ध आफ्नो म्याचफिक्सिङ्ग सम्बन्धिको एण्डी करप्सन विङ्गस्ले अनुसन्धान प्रक्रिया अघि बढाउने र दोषि करार भए उनीमाथि का।वाही गर्ने बताईसकेको संचारमाध्यमले उल्लेख गरेको छ ।

डण्डीवालले नेपालमा पनि सन् २०१७ मा विभिन्न देशको नाममा फ्रेन्चाईज कलब बनाएर एशियन प्रिमियर लीग (एपीएल) नाम दिई फिक्सिङ्गको पूर्व निर्धारित योजना सहित प्रतियोगिताको आयाृजना गरेका थिए । सो समयमा पनि आयोजित खेल नाङ्गो आखाँले फिक्सिङ्ग देखिने गरी खेलिएको थियो । उक्त प्रतियोगितामा खेलाडीहरुले पाउनुपर्ने पारिश्रमिकसागै पुरस्कारहरु समेत अहिलेसम्म वितरण गरिएको छैन ।

यसबाहेक डण्डीवालले सन् २०१८ मा भारतको एक स्थानिय कलब स्थापना गरी टि २० लीग खेल्न अष्ट्रेलिया पठाएका थिए । तर सो क्लबका कुनै पनि खेलाडी फर्किएर भारत आएनन् । यसबाहेक डण्डीवालको संलग्नता अफगानिस्तान प्रिमियर लीग,बंगलादेश प्रिमियर लीग र क्यानडाको ग्लोबल टि २० मा समेत संलग्नता रहेको बताईएको छ ।

नेपालमा आयोजना गरिएको एपीएल,पञ्जाबको युथ टि २०,अष्ट्रेलिया काण्डसँगै अफगानिस्तान,बंगलादेश र क्यानडाको टि २० लीगमा उनको संलग्नता रहेको नरहेको सहित फिक्सिङ्गको अनसन्धान हुने पञ्जाब पुलिस र बीसीसीआईले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :