बार्साको जितमा स्पान्योलको रेलिगेशन

एजेन्सी । लुईस स्वारेजको गोलमा स्पान्योल माथि जित निकाल्दै बार्सिलोनाले स्पेनिस लालिगा जित्ने आशालाई कायम राखेको छ ।

घरेलु मैदान नाओ क्याम्पमा भएको खेलमा बार्सिलोनाले स्पान्योललाई १–० गोल अन्तरले हराउँदै लालिगाको उपाधि यात्रामा थप बल पुर्याएको छ । अर्काेतर्फ हारको सामना गरेको स्पान्योल भने लालिगाबाट रेलिगेट हुने निश्चित भएको छ ।

गोलरहित पहिलो हाफ खेलेको दुबै क्लब दोश्रो हाफको ८ मिनटभित्रमा १० खेलाडीमा सिमित बनेको थियो । बार्साका अन्शु फाटीले स्पान्योलका फर्नान्डो कालेरोमाथि फाउनल खेलेपछि रेड कार्ड खाए भने स्पान्योलका पोल लोजानो पनि गलत ट्याकलका लागि रेड कार्ड खाादै मैदानबाट बाहिर पठाईएका थिए ।

यसपछि ५६औं मिनटमा स्वारेजले गोल गर्दै बार्सालाई उपाधि होडमा महत्वपूर्ण तीन अंक दिलाए । यो जितले बार्सालाई शिर्ष स्थनमा रहेको रियाल मड्रिडबाट एक अंक मात्र पछि पारेको छ । उसको ३५ खेलमा ७६ अंक भएको छ भने रियालको ३४ खेलमा ७७ अंक छ ।

लिगमा तीन चरणको खेल बाँकी रहँदा स्पान्योलको जम्मा २४ अंक छ र अब बाँकी तीनै खेलमा जित निकाले पनि स्पान्योल तल्लो डिभिजनमा घटुवा हुने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :