ईङ्गल्याण्ड वेस्टईण्डिज टेष्टको पहिलो दिन १८ ओभरको मात्र खेल

काठमाण्डौ । कोरोना बाधक बनेपछि करिब चारमहिना पश्चात शुरु भएको ईङ्गल्याण्ड र वेस्टईण्डिजबिचको पहिलो टेष्ट म्याचमा वर्षाका कारण पहिलो दिन जम्मा १८ ओभरको मात्र खेल सम्भव भएको छ ।

चार महिनापछि खेलिएको पहलिो अन्तराष्ट्रिय खेलमा संसारको नजर थियो तर मैदानमा भने कोरोनाको भन्दा वर्षाको कहर देखियो । जसका कारण बुहप्रतिक्षित ईङ्गल्याण्ड वेस्टईण्डिज पहिलो टेष्टको पहिलो दिन साउथह्याम्पटनमा १७ दशमलब ४ आभेरको खेलपछि खेल हुन सकेन । दिनको समाप्ति घोषणा हुँदा ईङ्गल्याण्ड ३५ रनमा १ विकेट गुमाएको अवस्थामा छ ।

कोरोना कहरपछि शुरु भएको पहिलो अन्तराष्ट्रिय खेलअघि खेल स्थललाई स्यानिटाईज गर्ने,खेलाडीको कोरोना परिक्षण नतिजा कार्य सक्काउने देखि लिएर वातावरण नै क्रिकेटमय बनाएर शुरु गर्नै आयोजक ईङ्गल्याण्डको सोचमा पहिलो दिन बादल लाग्यो । साउथह्याम्पटनको दि रोज बाउल स्टेडियममा सुरक्षाका सबै यन्त्र र उपाय अपनाईएको थियो ।

जो रुट दोश्रो सन्तनको जन्म मनाउन घर गएपछि घरेलु टिम ईङ्गल्याण्डलाई पहिलो पटक बेन स्टोकस्ले पहिलोपटक कप्तानी गरिरहेका छन् । पहिलो टेष्टमा प्रिमियम बलर स्टुआर्ट ब्रोडलाई बेन्च्मा राख्दै स्टोकस्ले अर्का प्रिमियम बलर जेम्स् एण्डर्सन,जोफ्रा आर्चर र मार्क उडलाई पहिलो ११ को सूचीमा राखे ।

तीन घण्टा ढिलो गरी शुरु भएको पहिलो टेष्टको शुरुवाती मिनटमा दुबै टिमले कोरोनाका कारण ज्यान गुमाएका र वेस्टईण्डिजका लिजेण्ड सर एभर्टन विकिसको निधन प्रति मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरे । यस लगतै काला जातिको अकहित र सम्मानका लािग दुबै टि र अम्पायरहरुले मैदानमा घुडाँ टेकेर ‘ब्ल्याक लाईभ्स् म्याटर्स’ अभियानमा समथर्गन देखाए ।

टस सजितेर पहिले ब्याटिङ्गको निर्णय गरेको ईङ्गल्या(डले शुरुवाती झट्काको सामना गर्नु परेको थियो । खेल शुरुभएको दोश्रो ओभरको चौथो बलमा ईङ्गल्याण्डका डेब्युटेन्ट डोम सिब्ले सानन ग्याब्रियलको बलमा शुन्य रनमा सिकार बने । यसपछि वर्षा र उनुपयुक्त भिजेको मैदान र तयसपछि लाईटको कमिले खेल बारम्बर प्रभावित बन्यो र अन्तत १७ दशमलब ४ ओभरको खेल जारी रहँदा पहिलो दिनको समाप्तिको घोषणा गरियो ।

दोश्रो दिनको खृल शुरु हुँदा ईङ्गल्याण्डका रोरी बन्र्स र जो डेन्ली ब्याटिङ्ग गार्डसहित मैदानमा आउनेछन् । बन्र्स २० रन बनाएर खेलिरहेका छन् भने डेन्ली १४ रनमा नटआउट छन् ।

यस टेष्टबाट आईसीसीको बलरले बल चम्काउन थुकको प्रयोग गर्न नपाउने नियम लागु भएको छ भने खेलाडीहरुको सामाजिक दूरी अनिवार्य रहेको छ । यस्तै खेलाडीहरुको स्यानिटाईजेसनका लागि स्यानिटाईजर मैदानको बाउण्ड्री नजिक राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :