ला लिगाः बिहिबार ३ खेल हुने

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बिहिबार ३ खेल हुँदैछन् । बिहिबार हुने खेलमा मार्लोका र लेभान्ते, इबर र लेगानेस खेल्नेछन् । यी दुबै खेल नेपाली समय अनुसार राती ११ः१५ मा हुनेछन् । यस्तै राती १ बजे एथ्लेटिक क्लब र सेभिल्ला खेल्नेछन् ।

बिहिबार मार्लोकाले घरेलु मैदानमा लेभान्तेसँग खेल्दा रेलिगेसन जोनबाट बच्न जित निकाल्ने दाउ हुनेछ । तालिकाको १८ औँ स्थानमा रहेको मार्लोका १७ औँ स्थानको इबर भन्दा ६ अंक टाढा छ । यस्तै लेभान्ते भने शिर्ष ६ को होडमा छ । खेल जिते १२ औँ स्थानको लेभान्ते ११ औँ स्थानमा उक्लिनेछ ।

यस्तै तालिकाको १७ औँ स्थानको इबर १९ औँ स्थानको लेजानेस पनि राती सभा ११ बजे हुने खेलमा आम्नेसाम्ने हुनेछन् ।

राती १ बजे नवौँ स्थानको एथ्लेटिक क्लब र च्याम्पियन्सलिग दौडमा रहेको सेभिल्ला खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :