लुका जोभिक आइसोलेसनमा

एजेन्सी । रियल मड्रिडका स्ट्राइकर लुका जोभिक आइसोलेसनमा बसेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको खतराबाट बच्न उनले आफुलाई आइसोलेसनमा राखेका हुन् ।

जोभिकको कम्पनीको एकजनामा कोरोना संक्रण देखिएपछि उनी आइसोलेसनमा बसेको विदेशी समाचार माद्यममा खबर छ ।
‘उनको कम्पनीका साथीमा कोरोनाको संक्रमण देखियो, विदेशी मिडिया लेख्छन्, त्यसलगत्तै जोभिकले सावधानी अपनाउँदै अपनाउँदै आइसोलेसन सुरुगरे ।’

उनले कोरोना परिक्षण गराउँदै रिर्पोट नेगेटिभ देखिएको छ तर पछिल्ला केही दिन अभ्यासमा देखिएका छैनन् । उनी दोस्रो परिक्षणको पर्खाईमा रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :