न्युसाउथ वेल्स्ले जित्यो शेफिल्ड शिल्ड

एजेन्सी । कोरोना महामारीका कारण बाँकी खेलहरु सम्भव नभएपछि न्युसायउथ वेलस्लाई अष्ट्रेलियाको फस्ट क्लास क्रिकेट प्रतियोगिता शेफिल्ड शिल्डको विजेता घोषित गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी न्युसाउथ वेल्स्लाई अंक तालिकाको आधारमा १८औं शेफिल्ड शिल्डको उपाधि दिईएको हो । यससँगै न्युसाउथ वेल्स्ले ४७औं पटक प्रतियोगिताको उपाधि जितेको हो ।

गत मार्चमा कोरोना महामारीका कारण १०औं चरणको खेलपछि प्रतियोगिता स्थगित गरिएको थियो । प्रथम र दोश्रो विश्वकपको दौरान रोक्किएको शेफिल्ड ट्रफि कोरोनाका कारण तेश्रो पटक रोक्नुपरेको हो ।

उपाधि वितरण कार्यक्रममा साविकको विजेता समेत रहेका न्यु साउथ वेल्स्का खेलाडीहरुले सामाजिक दुरी कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :