ईडेन गार्डेन क्वारेन्टिन स्थलमा परिणत

एजेन्सी । भारतको बंगला क्रिकेट संघले कोलकातामा रहेको ईडेन गार्डेन क्रिकटे स्टेडियमलाई कोरोना भाईरस संक्रमितहरुका लागि क्वाेिन्टिन सेन्टरमा परिणत गर्ने भएको छ ।

बंगाल प्रहरीका कमिश्नरले बंगाल क्रिकेट संघलाई आफ्नो प्रहरीकाहरुका लागि क्वारेन्टिन सेन्टरको रुपमा राख्न स्थान दिन आग्रह गरेका थिए । यो आग्रहलाई संघले सहर्ष स्विकार्दै स्टेडियमको ई,एफ,जि एच र जे ब्लक बंगाल प्रहरीलाई क्वारेन्टिन सेन्टरको रुपमा प्रयोग गर्न दिने भएको हो ।

संघले बंगाल प्रहरीसँग सेन्टर राखे वपात कुनै शुद्य नलिने समेत बताएको छ ।

संघका अध्यक्ष अभिषेक डाल्मियाले सामाजिक रुपमा अहिलेको विषम अवस्थामा सहयोग गर्ने बर्तब्य भएकोले बंगाल प्रहरीलाई स्टेडियम क्वारेन्टिन प्रयोजनका लागि दिन लागिएको बताए ।

संघ र प्रहरीबिच भएको सहमति अनुसार क्रिकेट खेल र प्रशासनका लागि चाहिने स्थानहरुमा भने क्वारेन्टिनका कुनै पनि गतिविधि हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :