डेविड बेक्हमका छोरा ब्रुक्लीनको ईन्गेज्मेन्ट (फोटो फिचर)

एजेन्सी । ईङ्गल्याण्डका सुपरस्टार फुटबलर डेविड बेक्हम र फेशन डिजाइनर भिक्टोरिया बेक्हमका छोरा ब्रुकली बेक्हमले अमेरिकी अभिनेत्री निकोला पेल्जसँग ईन्गेजमेन्ट गरेका छन् ।

ब्रुक्लीन र पेल्जले आफ्नो इन्स्टाग्राममा तस्बीर राख्दै आफूहरुको ईन्गेज्मेन्ट भएको उल्लेख गरेका हुन् ।

२१ वर्षीय ब्रुक्लीनले आफ्नी २५ वर्षिया प्रेमिकासँग खिचिएको एक तस्विर राख्दै आफुनो ईन्गेज्मेन्टलाई पुष्टि गरेका छन् ।

ब्रुक्लीनले प्रेमिकासँगको फोटो ईन्स्टाग्राममा राख्दै लेखेका छन्,दुईसाता अघि मैले मेरो सोलमेटसँग विवाह गर्ने प्रस्ताव राखे र उनले सहर्षे स्विकार गरिन् । म संसारको सबैभन्दा भाग्यमानी व्यक्ति महसुस गर्देछु र सबैभन्दा उत्कृष्ट जिवनसाथी बनेर देखाउँनेछु ।’

यसबाहेक बुबा डेविड बेक्हमले पनि आफ्नो ईन्टाग्राममा छोराले ईन्गेज्मेन्ट गरेकोमा बधाई तथा शुभकामना दिएका छन् । उनले लेखेका छन्,‘यी दुई सुन्दर ब्यक्तिहरुलाई ईन्गेज्मेन्टको धेरै धेरै शुभकामना । नयाँ यात्राको थालनी गरेकोमा हामी पनि हर्षित छौ ।’

ब्रुकलिनको ईन्गेजमेन्टमा आमा भिक्टारियाले पनि बधाई दिएकी छिन् ।

ब्रुक्लीन र निकोलाको बिहेका लागि ४ मिलियन युरो खर्च गरिने बताईएको छ ।