क्रिकेट न्युजिल्याण्डको प्रशिक्षण यसै साता शुरु हुने

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) महामारीको कारण लामो समयसम्म मैदान बाहिर रहेका न्यूजील्याण्डका क्रिकेटरले यसे साताबाट प्रशिक्षण शुरु गर्ने भएका छन् ।

न्युजिल्याण्ड क्रिकेट बोर्डले यसै साताबाट लिङकनस्थित हाई फर्पमेन्स् सेन्टरमा प्रशिक्षण शुरु गर्ने उल्लेख गरेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै खेलाडीहरुलाई अभ्यासमा फर्काउने र आगामी केही महिनामा ६ वटा राष्ट्रिय शिविरहरू आयोजना गरिने जनाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ,‘न्युजिल्याण्डका केही पुरुष तथा महिला खेलाडीहरुले यसै साताबाट लिङकनको हाई पर्फमेन्स् सेन्टरमा प्रशिक्षणमा जोडिनेछन् । आगामी महिनाहरुमा ६ वटा शिविर आयोजना गरिनेछ जसमध्ये यो एउटा शिविर हो ।’

बोर्डले आईल्याण्ड र वेलिङ्गटनका पुरुष र महिला खेलाडीहरू यसै साता क्यान्टरबेरीमा प्रशिक्षणमा फर्कने जनाएको छ ।

बोर्डले खेलाडीहरुको मुख्य शिविर जुलाईको १९ तारिखबाट माउन्ट मङगनुईको बे ओभलमा शुरु हुने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :