ईन्टर मिलान तेश्रो स्थानमा उक्लने मौका

एजेन्सी । ईटालियन सिरी ए फुटबलमा आज अर्थात सोमबार ईन्टर मिलानले टोरिनोसँग खेल्दैछ ।

ईन्टरले आज टोरिनोसँगको खेल जित्दै च्याम्पियन्स् लीग छनौटको बाटोलाई अझ सहज बनाउने दाउँमा हुनेछ । ईन्टर अहिले ३१ खेलमा ६५ अंकको साथ चौथो स्थानमा छ । आजको जितले ईन्टरलाई सिरी ए को तेश्रो स्थानमा समेत पुर्याउनेछ ।

तेश्रो स्थानमा रहेको एट्लान्टाको ३२ खेलमा ६७ अंक छ ।

यी दुईबिचको खेल ईन्टरको घरेलु मैदानमा राति साढे एक बजेबाट शुरु हुनेछ ।

१६औं सथनको टोरिनोको ३१ खेलमा ३४ अंक छ ।

घरेलु मैदानमा जित निकालेमा इन्टरले दोस्रो स्थानको लाजियोसँग अंक बराबरी समेत गर्नेछ । लाजियोको ६८ अंक रहेको छ ।

यता, टोरिनो घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामा हुनेछ । टोरिनो जित निकाल्दै अंक तालिका सुधार गर्न समेत चाहन्छ ।

१६ औं स्थानमा रहेको टोरिनोको ३४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :