फ्रेन्च ओपन टेनीसको टिकट विक्रि जुलाईमा

एजेन्सी । फ्रान्सको टेनिस महासंघ (एफएफटी)ले फ्रेन्च ओपन टेनीस प्रतियोगिताका लागि चाँडै टिकट विक्रि शुरु गर्ने भएको छ । महासंघले कोरोना महामारीको दौरान पनि दर्शकलाई प्रतियोगिता स्टेडियममा हेर्न मिल्ने ब्यवस्था गर्ने भएको हो ।

एफएफटीले जुलाई १६ देखि दर्शकहरुका लािग टिकट विक्रि शुरु गर्ने आफ्नो आधिकारिक ट्विर ह्याण्डलमा उल्लेख गरेको छ ।

एफएफटीले स्टेडियममा कति दर्शकलाई प्रवेश दिने भन्ने यकिन गरिसकेको छैन ।

बारम्बार स्थगित भएको क्ले कोर्ट टेनीस प्रतियोगिता सेप्टेम्बर २७ बाट शुरु हुनेछ ।

दर्शकहरूको सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा सुरक्षा नियमहरु बनाईएको एफएफटी ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :