म्याच फिक्सिङ्ग आरोपित टेनीस अम्यार र निर्देशक निलम्बित

एजेन्सी । टेनिस इन्टिग्रिटी युनिटले बेलारूसका चीयर अम्पायर र ग्रीसका एक टुर्नामेन्ट निर्देशकलाई म्याच फिक्सिङ्ग र सट्टा बाजिमा संलग्नताको आरोपमा निलम्बन गरेको छ ।

अम्पायर एलेक्सी ईजोटोभलाई तीन वर्षको लागि निलम्बन गरी १० हजार अमेरिकी डलर जरिवाना गरिएको छ । ईजोटोभलाई फिक्सिङ्गको लागि एजेण्टहरुले सम्पर्क गरेको तर उनले यस बिषयमा अन्य अम्पायर र डब्लुटीएलाई जानकारी नगराएको आरोप लागेको छ ।

टेनिस इन्टिग्रिटी युनिटका अनुसार २२ वर्षीय ईजोटोभ नोभेम्बर २०१९ मा बेलारुसको मिन्स्कमा आईटीएफ महिला टेनिस प्रतियोगितामा चीयर अम्पायरको रूपमा काम गरिरहेका थिए । सोही टूर्नामेन्टका निर्देशक एन्टोनिस कलिट्ज किसलाई २० महिनाको लागि निलम्बित गरिएको छ भने ६ हजार अमेरिकी डलर जरिवाना गरिएको छ । उनलाई म्याच फिक्सिङ्गमा संलग्न र अख्तियारीको दुरुपयोग गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :