१३ बर्षपछि च्याम्यिन्स लिग खेल्दै लाजियो

एजेन्सी । इटालियन क्लब लाजियो च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । सिरी ए अन्तर्गत गएरातीको खेलमा काग्लियारीलाई २–१ ले पराजित गर्दै लाजियो १३ बर्षपछि च्याम्पियन्स लिग फुटबलमा छनोट भएको हो ।

लाजियोले ३ खेल अगाबै आफूलाई शिर्ष चारमा अटायो । लाजियोलाई यो सिजन च्याम्पियन्स लिगमा छनोट गराउन उसका स्ट्राईकार सिरो इमोवलेको प्रेरणा रहयो । उनले लिगमा टिमका लागि अहिले सम्म ३१ गोल गरेकाछन् । उनी गोल्डेनबुटको दाबेदार हुन् ।

काग्लियारीविरुद्ध इमोवलेले निर्णायक गोल गरेपछि लाजियोले जित निकाल्यो । जियोभान्नी सिमोवनलेले ४५ औँ मिनेटमा गोल गर्दै काग्लियारीलाई अग्रता दिलाए तर सर्जि मिलिनकोभिचले ४७ औं मिनेटमा लाजियोलाई १–१ को बराबरीमा पुर्याए । ६० औं मिनेटमा इमोवलेले गोल गर्दै टिमलाई जित दिलाए भने गोल्डेनबुटको दाबेदा क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारे ।

गएरातीको जितसँगै लाजियोले पाँचौ स्थानको एएस रोमालाई ११ अंकले पछि पार्यो । लिगमा ३ खेल बाँकी रहँदा लाजियो ७२ अंक सहित चौथो स्थानमा कायम रहन सफल भयो ।

कोरोना महामारीपछि पुन सुचारु भएको लिगका केही खेलमा खस्कँदो प्रदर्शन गरेपछि लाजियोले उपाधि होड भने गुमाएको थियो । लिग पुन सुचारु हुनुअघि लाजियो दोस्रो स्थानमा रहँदै शिर्ष स्थानको युभेन्ट्लाई टक्कर दिइरहको थियो ।

लिगमा अहिले शिर्ष स्थानमा ८० अंक सहित युभेन्ट्स कायम छ । यस्तै ७४ अंक सहित एटलान्टा दोस्रो स्थानमा छ भने इन्टर मिलान ७३ अंक सहित तेस्रो स्थानमा कायम छ । शिर्ष स्थानको युभेन्ट्स र चौथो स्थानको लाजयोसँगै एटलान्टा, र इन्टरले पनि च्याम्पियन्स लिग पक्का गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :