चीनमा तय भएको सात वटा टेनिस प्रतियोगिता स्थगित

एजेन्सी । विश्व टेनिस महासंघले शुक्रबार सन् २०२० मा चीनमा निर्धारण गरिएको सबै सात प्रतियोगिताहरु नहुने घोषणा गरेको छ ।

महासंघले चीन सरकारले सन् २०२० मा कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना नगर्ने निति लिएको कारण टेनिसका सबै प्रतियोगिताहरु स्थगन गरेको हो । कोरोनाका कारण चीन सरकारले केही दिनअघि मात्र चीनमा केही समयका निम्ति कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजन नगर्ने घोषणा गरेको थियो ।

महासंघको घोषणाले चीनमा तय भएको भाईना ओपन,दि वुहान ओपन,जियाङ्गजी ओपन,हेङ्गझाउँ ओपन,सेन्जेन फाईनल्स्,डब्लुटीए ईलाईट ट्रफि र ग्वाङ्गझाउँ ओपन स्थगन हुने निशिच्त भएको हो । यी सात वटै ओपन टेनिस प्रतियोगिताहरु अक्टोबर र नोभेम्बरमा हुने तय थियो ।

महासंघका अध्यक्ष स्टिभ सिमोनले चिनमा तय भएको विश्व स्तरीय प्रतियोगिताहरु नहुनेभएपछि निकै दुख लागेको प्रतिक्रिया दिएका छन् ।

महासंघले चाँडै नै अवस्थानमा सुधार आएपछि स्थगन गरिएको सबै ७ प्रतियोगिताको नयाँ मिति तय गरिने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :