जन्मथलोले गर्याे कराँतेकी अनुलाई सम्मान

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनु अधिकारी आफ्नो जम्नथलो नुवाकोटमा सम्मानित भएकी छिन् । उनलाई नेपाली काँग्रेस खेलकुद विभाग नुवाकोट शाखाले शनिबार नगदसहित सम्मान गरेको हो ।

अनु नुवाकोट जिल्लाको पन्चकन्या गाँउपालिका वडा नं ४ मा जन्मिएकी हुन् । यही गाउँपालिकाले अनुलाई १० हजार एकसय रुपैयाँ नगद सहित सम्मान गरेको हो ।

अनुले गत मंसिरमा नेपालमा आयोजना भएको १३औंं दक्षिण एशियाली खेलकुद (साग) मा कराँतेको कुमुतेमा स्वर्ण पदक जितेकी थिईन् ।

अनुले मेरोखेल डटकमसँग कुरा गदै भनिन्,‘लकडाउनपछि आफ्नै गाउँठाउँबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको छ । म यही जन्मिए र आज त्यही गाउँले मेरो मिहिनेतको सम्मान गदौ भावुक समेत बनेको छु ।’

नेपाली काँग्रेस खेलकुद विभागका राजु कँडेलले शनिबार अनुलाई नगद र सम्मान पत्र प्रदान गरेका हुन् ।

अनु हाल आगामी वर्ष जापानमा हुने ओलम्पिक छनौटका निम्ति प्रशिक्षणमा ब्यस्त छिन् ।