मण्डेकाजी नगदसहित सम्मानित

ललितपुर । १३ औ दक्षिण एशियाली खेलकुद सागमा कराँतेमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई ुदईवटा निर्माण कम्पनी र धादिङ्ग जिल्ला फुटबल संघले नगदसहित सम्मान गरेको छ ।

१३औं सागको कराँते एकल र टिम काँतामा गरी दोहोरा पदक जितेका भक्तपुर निवासी मण्डकाजी श्रेष्ठलाई गुडविल बिल्डर्स,कर्मा कन्स्ट्रक्सन र धादिङ्ग जिल्ला फुटबल संघले संयुक्त रुपमा नगद ५ लाख रुपैयाँ सम्मान गरेका हुन् । गुडविल बिल्डर्स र कर्मा कन्स्ट्रक्सनको प्रमुख तथा पूर्व कराँते खेलाडी रबि महर्जन र धादिङ्गजिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले संयुक्त रुपमा नगद संकलन गरी सम्मान गरेका हुन् ।

राष्ट्रिय युवा संघ,नेपालका नेता रमेश आचार्यको प्रमु्ख आतिथ्यमा ललितपुरस्थित भिभान्ता होटलमा बिहिबार गरिएको सम्मान कार्यक्रममा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सम्मान कार्यक्रममा गुजोरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङ्गका अध्यक्ष रमेश अधिकारी ,नारायणी स्टीलका प्रमु्ख कार्यकारी अधिकृत रोशिद उनिथान र स्थानीय समाजसेवी युनेश डंगोलको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :