विश्व नम्बर १ बार्टीले युएस ओपन नखेल्ने

एजेन्सी । विश्व नम्बर १ टेनिस खेलाडी एस्ले बार्टीले युएस ओपन ग्रान्डस्ल्यामबाट नाम फिर्ता लिएकी छन् । अष्ट्रेलियाकी खेलाडी बार्टीले कोरोना महामारीको कारण अमेरिका यात्रा गर्न नसक्ने भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन् ।

युएस ओपन डिफेन्डिङ च्याम्पियन बार्टीले यस बर्ष फ्रेन्स ओपनकोबारेमा समेत चिन्ता ब्यक्त गरेकी छन् । साथै उनले फ्रेन्च ओपन खेल्ने नखेल्ने चाडै घोषणा गर्ने बताईन् ।

यस वर्षको टेनिस ग्रान्डस्ल्याम यूएस ओपन न्यू योर्कमा ३१ अगस्टदेखि १३ सेप्टेम्बरसम्म आयोजना हुँदैछ भने फ्रेन्च ओपन पेरिसमा २७ सेप्टेम्बरदेखि ११ अक्टुबरमा आयोजना हुँदैछ ।

यसअघि पुरुष विश्व नम्बर १ सर्बियाका नोवाक जोकोविचले पनि युएस ओपनको बारेमा चिन्ता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :